बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिकालाइ सबै विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालयले दियो निर्देशन
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिकालाइ सबै विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालयले दियो निर्देशन

जुनेली न्यूज, काठमाण्डौ | लामो समयसम्म कोरोनाको कारणले बन्द गरिएका निजि तथा सरकारी बिद्यालयहरु संचालन हुन थालेका छन् | तर कोरोनाको संक्रमण घट्नु सत्ता बढ्दै गएकाले सरकारले बन्द गर्न निर्देशन दिएको छ| त्यस्तै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विद्यालय खुलाउन थालेपछि जिल्ला प्रशासन कार्यालयले पनि बन्द गर्न निर्देशन दिएको छ ।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्य ले टेलिफोनमार्फत गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलाई संक्रमण बढिरहेकाले तत्काल सबै बिद्यालय बन्द गर्न निर्देशन दिएको सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।
दक्षिणकाली र शंकरापुर नगरपालिकाले पनि विद्यालय खुलाउन माग गरेपनि आफूहरुले अनुमति नदिएको प्रशासनले जनाएको छ । डेल्टा भेरिएन्टसहितको मिश्रित संक्रमणदर भएकाले तत्काल स्कुल खुलाउने अवस्था नरहेको उनको भनाई छ ।
भदौ १ गतेदेखि लागू भएको स्मार्ट लकडाउनको कार्यविधिले निषेधाज्ञाको अधिकार जिल्ला प्रशासन कार्यालयहरुलाई दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु