बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गैह् आवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी
Breaking News

गैह् आवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

जुनेली न्यूज, काठमाण्डौ | गैरआवासीय नेपाली संघ एनआरएनएका सल्लाहकार एवं पुर्व उपाध्यक्ष कुल आचार्यले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन | आचार्यले सन २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने एनआरएनए बनाउन आफूले काम गर्ने बताएका छन् ।

पूर्व उपाध्यक्षसमेत रहेका आचार्यले संस्थामा देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न अध्यक्षमा आफुले उम्मेदवारी दिएको बताएका छन् | सोमबार काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आचार्यले संस्थाको सुदृढीकरण र शुद्धीकरण नै आफ्नो प्राथमिकतामा रहेको जनाउँदै आचार्यले आफू पुन चुनावी मैदानमा उत्रिएको बताए |

संस्थामा लामो समयदेखि तन,मन,धन दिएर निस्वार्थ सेवामा खटेको व्यक्ति भएकाले आफ्नो योगदानको विश्वमा रहेका गैरआवाशीय नेपालीले मूल्यांकन गर्ने आचार्यले बताए । उनले भने ‘मैले कहिलै पनि कमिसन वा व्यक्तिगत लाभको लागि कुनै पनि काम गरेको छैन र त्यो कहिलै पनि गर्दिन ‘ ।

संस्थामा देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न मैले सधैं आवाज उठाइरहेको छु आचार्यले भने सबै गैरआवासीय नेपालीहरुको इज्जत र प्रतिष्ठा बोकेको संस्थामा सबैको भावनालाई समेट्ने, सबैलाई मिलाएर जान सक्ने, अग्रजलाई सम्मान र युवालाई साथ लिएर जाने आफ्नो भिजन रहेको उनले बताए । आचार्यले भने गैरआवासीय नेपाली संघ जस्तो सामाजिक संस्थालाई विभिन्न स्वार्थमा विभाजित बनाउने कुराको आफु सधै विरोधी बिरोधि भएको जनाए । संघको साखलाई उच्च बनाउन तमाम अग्रज र गैरआवासीय नेपाली समुदायको विशेष अनुरोधलाई स्वीकार गरेर नै आफुले उम्मेदवारी घोषणा गरेको बताए ।

आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुन गइरहेको १०औं सम्मेलनमार्फत आफूले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल नारालाई सार्थकता दिनका लागि प्रवासी नेपालीहरुलाई एकजुट गराउँदै सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाए ।
आचार्यको उम्मेदवारीको घोषणासंगै तातेको माहौल सांच्चै यस पटक कुलको पक्षमा नयां जोश र जांगरका साथ अगाडि बढेको देखिन्छ । ‘पद्दती र पारदर्शिता, समाजसेबी एनआरएनए हाम्रो प्रतिबद्धता…’ भन्ने मूल नारा, सोच र उद्देश्यलाई शिरोधार्य गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका आचार्य गैह् आबासीय नेपालीहरू माँझ, सभ्य, शालिन, भद्र र सहयोगी मनका ब्यक्तिका रूपमा पनि चिनिन्छन ।

फेसबुक प्रतिक्रियाहरु