बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • गोकुल बाँस्कोटाले नवगठित एकीकृत समाजवादी पार्टीलाई ‘पुलमुनिको खेत’ भन्दै गरे व्यंग्य
Breaking News

गोकुल बाँस्कोटाले नवगठित एकीकृत समाजवादी पार्टीलाई ‘पुलमुनिको खेत’ भन्दै गरे व्यंग्य

जुनेली न्यूज, काठमाण्डौ | नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)लाई ‘पुलमुनिको खेत’ भन्दै व्यंग्य गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पुलमुनिको खेतले कुनै उपलब्धी नदिने भन्दै व्यंग्यात्मक रुपमा उल्लेख गरेका छन ।

नवगठित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल चार महिनामै माओवादी केन्द्रमा विलीन हुने उनेको दाबी छ ।

 

उनले यस्तो लेखेका छन् :

‘पुलमुनीको खेत कित्ता नं १६६ वाला लालपुर्जे काका दंगदास भैराथे। किन रै छ भनेको त चार मैहिनामै प्रचण्डमै विलीन हुन रैछ,’ उनको टिप्पणी छ, ‘हे ! राम, राम, राम पुलमुनीको खेतमा न त बन्छ घर न फल्छ धान मकै। पसीना पानीमा मल बीऊ बाढीमा हात मात्रै टाउकोमा !’

फेसबुक प्रतिक्रियाहरु