शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले दिए पदबाट राजीनामा
Breaking News

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले दिए पदबाट राजीनामा

जुनेली न्यूज, काठमाण्डौ | प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेसँगै प्रदेश–१ मा असर देखिएको थियो ।

लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका एमालेका दोस्रो तहका १० नेता एमालेमै बसेपछि प्रदेश–१ को सरकार पनि फेरिएको छ । राईले आफ्नो सत्ता यात्रालाई टुंग्याउन आज (बिहीबार) एमाले प्रदेश–१ संसदीय दलको बैठक बोलाउएर राजिनामा दिएको घोषना गरेका हुन् ।
राईकै प्रस्तावमा एमाले प्रदेश नं. १ का संसदीय दलका नेतामा भीम आचार्य चयन भएका छन् । यसपछि राईले पदबाट राजीनामा दिएका हुन् |

०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु