आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रदेश-१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ लिदै
Breaking News

प्रदेश-१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ लिदै

जुनेली न्यूज, काठमाण्डौ |प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले राजिनाम दिएपछि नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ खुवाएका हुन् । आचार्यको शपथ ग्रहण हतार हतारमा गरिएको थियो ।

अहिलेसम्म बहुमतमा रहेको नेकपा एमालेभित्रको आन्तरिक कलहका कारण संघीय सरकार ढलेसँगै तात्कालीन एमालेका नेता माधवकुमार नेपालले नेकपा (एकिकृत समाजवादी) दर्ता गरेपछि त्यसको असर प्रदेशको राजनीतिमा परेको हो ।

त्यसैको असरस्वरुप प्रदेश १ को संसदीय दलको नेतामा लामो समय माधव नेपालको धारमा रहेका भीम आचार्य चयन भएका छन् ।

संख्यात्मक रुपमा बलियो भएर पनि दलमा हारेका नेता आचार्य अहिले राईकै जोडबलमा मुख्यमन्त्री बनेका हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु