बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सर्वोच्च अदालतले खोपकेन्द्र जान नसक्ने नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारलाइ आदेश
Breaking News

सर्वोच्च अदालतले खोपकेन्द्र जान नसक्ने नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारलाइ आदेश

जुनेली न्यूज , काठमाडौं । सर्वोच्च अदालतले असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लागत संकलन गर्न र घरघरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको छ | खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा आदेश दिएको हो ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमा गएर कोरोनाको खोप दिनुपर्ने माग गर्दै अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए ।

त्यसमा सुनुवाईका क्रममा इजलासले लोक कल्याणकारी राज्यको हैसियतले संविधानको धारा ३५ (३) ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक र धारा ४१ ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनेर मौलिक हक सुरक्षित गरेको स्वीकार गरेको छ |

निवेदन :

फेसबुक प्रतिक्रियाहरु