बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवि शिक्षण अस्पतालको विभिन्न विभागमा मुसा, उडुस, उपियाँ र साङ्ला आदिको टेण्डर आह्वान
Breaking News

त्रिवि शिक्षण अस्पतालको विभिन्न विभागमा मुसा, उडुस, उपियाँ र साङ्ला आदिको टेण्डर आह्वान

जुनेली न्यूज, काठमाडौं । त्रिवि शिक्षण अस्पताल प्रशासनका अनुसार अस्पतालको विभिन्न विभागमा मुसा, उडुस, उपियाँ र साङ्ला आदि नियन्त्रण गर्नु परेकाले टेण्डर आह्वान गरेको छ | मुसा, उडुस, उपियाँ साङ्ला आदि नियन्त्रणको लागि टेण्डर आह्वान गरेको हो ।

अस्पतालका प्रशासन प्रमुख रामविक्रम अधिकारीले यो नियमित र पुरानो प्रक्रिया भएको बताए । शिक्षण अस्पताल बाहेक अन्य अस्पतालमा पनि मुसा, उपियाँ साङ्ला नियन्त्रणको लागि टेण्डर आह्वान गरिन्छ ।

‘ठूलो अस्पतालमा अस्पतालको बेड, तन्ना, गाउन र मेडिकल उपकरण राख्नको लागि ठूलो स्टोर हुन्छ, स्टोरमा मुसा तथा साङ्लाहरुले डेरा जमाउँछन्’ उनले भने, ‘त्यसको नियन्त्रण गरिएन् भने अस्पतालको सेवा सुविधामा असर पर्न जान्छ ।’

 

फेसबुक प्रतिक्रियाहरु