शनिबार, चैत्र १६, २०८१
  • होमपेज
  • सम्पूर्ण बुथ संयोजकसंगको छलफल पश्चात श्रीराम चालिसेद्वारा प्रदेश सभापतिको उम्मेदवार घोषणा
Breaking News

सम्पूर्ण बुथ संयोजकसंगको छलफल पश्चात श्रीराम चालिसेद्वारा प्रदेश सभापतिको उम्मेदवार घोषणा

साउन २, काठमाडौँ | नेपाली काँग्रेस क्षेत्र नं ३, नेपाल तरुण दलका महाधिबेशन प्रतिनिधि श्रीराम चालिसे प्रदेश (क) को सभापतिको उम्मेदवारी  घोषणा गरेका छन् |

हिजो बौद्ध वडा नं ६ का सम्पूर्ण बुथ संयोजक तथा भात्री संगठनका सभापतिहरु बीच छलफल गरि उम्मेदवारी घोषणा गरेका हुन् |  आफु निकटतम प्रतिस्पर्धी   जित्ने कुरामा ढुक्क रहेको जुनेली न्युजलाई उहाले बताउनु भयो |

नेपाली काँग्रेस संस्थागत बिकास, युवा नेतृत्व एबम पार्टीमा विद्यमान टिके प्रवृतिको अन्त्यको लागि र  सेक्सन भन्दा इलेक्सन मा विश्वास गर्ने हुनाले काठमाडौँ क्षेत्र नं ३  प्रदेश ( क) का सम्पूर्ण क्रियाशील संग छलफल पश्चात उमेद्वारी दिएको उहाले बताउनु भयो |

No description available.

सकारात्मक राजनीति सोच राख्ने युवा साथीहरुको पक्षमा रहेका स्पष्ट बक्ता चालिसे सम्पूर्ण कार्यकर्ताबीच छलफल गरि उम्मेदवारी घोषणा गरेका  र सम्पूर्णले साथ र सहयोग गर्ने  प्रतिबद्ध समेत रहेको उअहाले बताउनु भयो |

नेपालि काँग्रेस बिधार्थी संगठन नेपाल बिधार्थी संघ बाट २०४६ सालमा साधारण सदस्य बाट सुरु गरेर हाल काठमाडौँ क्षेत्र नं ३ बाट  नेपाल तरुण दलको निर्बाचित महाधिबेशन प्रतिनिधि रहेका छन् |  नेपाल तरुण दलको निर्बाचित महाधिबेशन प्रतिनिधि रहदा विषम परिस्थितिमा बिभिन्न निकाय संग समन्वय राखी शारीरिक रुपमा अपाङ्ग रहेका देश भरिका करिब २०० भन्दा बढी व्यक्तिहरुलाई  ह्विल चियर वितरण गरेको साथै  विभिन्न बिद्यालयमा बिधार्थिहरुलाई झोला सहितको पाठ्य सामग्री ५ हजार थान वितरण गरेको, निजि श्रोत परिचालन गरि धेरै खेलकुद क्लबहरुलाई जर्शी लगायतका खेलकुद सामग्री प्रदान गरेर  अनबरत रुपमा संगठन बिस्तारको काम गरेको उहाको भनाइ छ |

No description available.

फेसबुक प्रतिक्रियाहरु