मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एसईईको नतिजा साउन मसान्तभित्र आउने
शिक्षा

एसईईको नतिजा साउन मसान्तभित्र आउने

३१ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र साउन अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए ।

अहिलेसम्मको हाम्रो तयारी साउन मसान्तभित्र परीक्षाफल प्रकाशित गर्ने हो । साउन पहिलो हप्ताभित्र सबै जिल्लाबाट मूल्यांकन नतिजा प्राप्त भयो भने सकिन्छ’ उनले भने ।
उनका अनुसार हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट आएको छ । बाढी पहिरो, निषेधाज्ञा, विद्यालयले पठाएको नतिजामा समस्या देखिएको कारण देखाएर धेरैजसो जिल्लाले परीक्षा नियन्त्रण कार्यालयमा रिपोर्ट पठाएका छैनन् ।

कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८ अनुसार विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी विद्यालयले असार २० भित्र जिल्ला शिक्षा विकास समन्वय इकाइलाई दिनुपर्ने थियो । त्यसपछि इकाइले असार मसान्तभित्र परीक्षण नियन्त्रण कार्यालयमा बुझाउने व्यवस्था थियो ।

फेसबुक प्रतिक्रियाहरु