आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • प्रेेेस युनियन रामेछापबाट नेपाल पत्रकार महासंघको अध्यक्षमा बद्री नयाँघरेकाे नाम दर्ता
राजनीति

प्रेेेस युनियन रामेछापबाट नेपाल पत्रकार महासंघको अध्यक्षमा बद्री नयाँघरेकाे नाम दर्ता

चैत २२,  प्रेेेस युनियन रामेछापबाट नेपाल पत्रकार महासंघको अध्यक्षमा बद्री नयाँघरेकाे नाम दर्ता गरेका छन् । दिउसोकाे ३ :४५ बजेकाे समयमा नयाँघरेले नाम दर्ता गरेका हुन् । उनले प्रेस युनियन रामेछाप र प्रेस संगठन रामेछापको संयुक्त प्यानल बनाएर नाम दर्ता गरेका हुन् । प्यानलमा उपाअध्यपदकाे लागि कैलाश खत्री, सचिवमा तुलसी श्रेष्ठ प्रेस संगठनबाट नाम दर्ता भएकाे छ भने काेषाध्यक्ष पदमा युवराज श्रेष्ठ युनियनबाट नाम दर्ता गरेका छन् । त्यस्तैै सह सचिवमा समरबहादुर हायु संगठनबाट दर्ता गरेका छन् भने समाबेशी सहसचिव युनियनको तर्फबाट रामचन्द्र बिकले नाम दर्ता गरेका छन् । त्यस्तै दलित सदस्यमा मिलन बिककाे युनियनबाट नाम दर्ता परेकाे छ ।                                                   त्यस्तै महिला उपाध्यक्ष पदमा रिता थापामगरकाे उम्मेदवारी युनियनबाट परेकाे छ । अन्य सदस्यहरुकाे विवरण भने आउन बाँकि छ । महासंघको चुनाव चैत २५ गते हुदैछ ।

फेसबुक प्रतिक्रियाहरु