बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • मन्थलीको सानीमदौमा भैसीको गोठमा आगोलागी
दुर्घटना/अपराध

मन्थलीको सानीमदौमा भैसीको गोठमा आगोलागी

चैत्र ०६

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १ सानिमदौमा गएराति आगोलागी हुदा २० हजार बराबरको क्षेती भएको छ । सानिमदौ निवासी रामबहादुर खत्रीको भैसी गोठमा खोले तताउन बालेको आगो निभए पनि आगोको झिल्को नजिकैको घाँसको थुप्रोमा सल्केर आगोलागी भएको मन्थली नगरपालिकाका पशुप्राविधिक मुकुन्द कुमार खड्काले जुनेली न्युजलाई जानकारी दिए । उनले घटनास्थलको निरिक्षण पनि गरेका छन् ।

उनले भने राति करिब खोले तताउनको लागि आगो बालेको रहेछ, आगो निभाएर गोठको धन्दा सकेर घरमा भएपछि निभन बाँकि रहेको आगोको झिल्को नजिकैको घाँसको थुप्रोमा सल्के छ र गोठमा पूरै आगो लागेछ, भैसी किलो भाँचेर भाग्न सफल भएछ त्यती गर्दा पनि भैसीको पछाडीको भाग जलेको छ, दुध दिने भैसीको पाडो भने पूरै जलेको छ । बाँच्ने अवस्थामा देखिएको छैन भने ।

आगोलागीबाट भैसीको गोठ र नजिकै रहेको घाँस जलेर नष्ट भएको छ । भैसीको पाडो आधा जलेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु