चैत्र ०४,
रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले संगठन विस्तार सहित लामो समयदेखि हुन नसकेको अधिवेशन गर्ने भएको छ । बुधबार संगठनका पदाधिकारीको बैठक बसि संगठन बिस्तारका लागि जिम्मेवारी समेत बाँडफाड् गरेको छ ।
संगठनले मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसमा आजको मितिले एक महिना भित्र अधिवेशन गर्ने निर्णय गरेको हो । संगठनका पदादिकारीहरुको बैठकले जिल्लाको सदरमुकाम मन्थली स्थित् मन्थली सहिद् स्मृती बहुमुखी क्याम्पस सहित जिल्लाका सबै मा.वि विद्यालयहरुमा संगठनको समिति इकाई गठन गर्नको लागि जिम्मेवारी तोकेको हो । नेविसंघले जिल्लाका आठ वटै स्थानीय तहभित्रका मा.वि विद्यालयहरुमा समिति गठन गर्ने निर्णय गरेको हो । समिति गठन गर्नको लागि मन्थली नगरपालिका भित्र सुन्दर घिमिरे, उत्तम कुमार कार्की, र विमल पौडलेलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै रामेछाप नगरपालिकामा शुशिलहरी बख्रेल, युवारज सिवेदी र केदार खत्रीलाई इकाई गठन गर्ने जिम्मेवारी सुम्पिएको छ ।
त्यस्तै गोकुलगंगा गाउँपालिकामा धिरज खत्री, सविन बि.कलाई तोकेको छ ।
त्यस्तै उमाकुण्ड गाउँपालिकामा श्रीराम भण्डारी, रमेश कार्की र दिनेश कार्कीलाई नेविसंघको इकाई गठन गर्नको लागि जिम्मेवारी तोकेको छ ।
पदादिकारी बैठकले जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा विनोद बुढाथोकी र प्रचण्ड सुनुवारलाई समिति गठनको जिम्मेवारी दिएको छ ।
त्यस्तै खाँडादेवी गाउँपालिकामा प्रभाकर ढुङ्गेल, नविन कार्की र महेश भट्टराईलाई नेविसंघको इकाईलाई पूर्णता दिन जिम्मेवारी दिएको छ ।
त्यस्तै दोरम्बा र सुनापति गाउँपालिकामा क्रमश, शुशिल अधिकारी, सुजन घिसिङ्, रुपक खड्का र अमृत भुजेललाई जिम्मेवारी तोकेको हो ।
फेसबुक प्रतिक्रियाहरु