चैत्र ०३,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक आह्वान गरेकी छन् ।
बैठक आज आपरान्ह ४ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले छलफलका लागि बोलाएको राष्ट्रपतिका प्रेस सल्लाकार टीका ढकालले जानकारी दिए । ढकालका अनुसार संसदमा प्रतिनिधित्व रहेका सबै दल र पूर्वप्रधानमन्त्रीहरूलाई छलफलमा आमन्त्रण गरिएको छ । छलफलका बिषय भने खुलाइएको छैन ।
फेसबुक प्रतिक्रियाहरु