शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • सैनिक विमान दुर्घटनामा ७ सैनिकको मृत्यु
दुर्घटना/अपराध

सैनिक विमान दुर्घटनामा ७ सैनिकको मृत्यु

फागुन १०,

ऐजेन्सी । नाइजेरियाको राजधानी अबुजामा आइतबार भएको विमान दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक दलका सदस्यसहित ७ सैनिक अधिकारीको मृत्यु भएको नाइजेरियाली सेनाले पुष्टि गरेको छ।

यसअघि उड्डयनमन्त्री हदी सिरिकाले विमान दुर्घटनामा परेको पुष्टि गरेका थिए। तर उनले पनि विमानमा यात्रारत व्यक्तिको विवरण भने उल्लेख गरेका थिएनन्।

‘सैनिक विमान किङ एयर–३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको हो,’ उनले भनेका छन्। सिरिकाले इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनामा परेको जनाए।

दुर्घटनास्थल राजधानी अबुजाबाट १ सय १० किलोमिटर टाढा पर्छ।

फेसबुक प्रतिक्रियाहरु