आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • ईपीएलमा वेस्ट ह्यामले टाेटनह्यामलाई हरायो
समाचार

ईपीएलमा वेस्ट ह्यामले टाेटनह्यामलाई हरायो

फागुन १०,
काठमाण्डाै । इङ्ग्लिश प्रिमियर लिगमा वेस्ट ह्यामले टोटनह्यामलाई हराएको छ । लण्डन स्टेडियममा भएको खेलमा वेस्ट ह्यामले टोटनह्यामलाई दुई–एकले हराएको हो ।

वेस्ट ह्यामका मिकेल एण्टेनियोले खेलको ५ औँ मिनेटमा र जेसे लिङ्गार्डले ४७ औँ मिनेटमा गोल गरे । टोटनह्यामका लुकास मैराले ६४ औँ मिनेटमा एक गोल फर्काए ।

विज्ञापन

जितसँगै वेस्ट ह्याम २५ खेलमा ४५ अङ्कसहित चौथो स्थानमा छ । एक खेल कम खेलेको टोटनह्याम ३६ अङ्सहित नवौँ स्थानमा छ । file photo

 

फेसबुक प्रतिक्रियाहरु