आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • गाेरखामा एकै परिवारका तीन जना मृत भेटिए
दुर्घटना/अपराध

गाेरखामा एकै परिवारका तीन जना मृत भेटिए

फागुन १०,
गोरखा । गाेरखाकाे बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन । लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

बिहान अबेरसम्म घरकाे ढाेका नखाेलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेकाे स्थानीयले बताएका छन् । विषालु च्याउ खाएका कारण उनीहरुकाे ज्यान गएकाे हुनसक्ने अनुमान लगाइएकाे छ ।

घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा रहेकाे तथा इलाका प्रहरी कार्यालय जौवारीको टोली पनि त्यसतर्फ जाँदै गरेकाे प्रहरीले जनाएकाे छ ।

 

फेसबुक प्रतिक्रियाहरु