बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • म्यानमारमा सैन्य ‘कू’, एक वर्षका लागि सङ्कटकाल घोषणा
दुर्घटना/अपराध

म्यानमारमा सैन्य ‘कू’, एक वर्षका लागि सङ्कटकाल घोषणा

माघ १९,
काठमाण्डाै । म्यानमारमा सैन्य ‘कू’ पछि सङ्कटकाल घोषणा गरिएको छ । नेत्री आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिएपछि सङ्कटकाल लागू गरिएको हो ।

सेनाको टेलिभिजनले एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको जनाएको बीबीसीले जनाएको छ । सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो ।

याे पनि पढ्नुहाेस् ।
म्यानमारकी नेतृ आङ सान सुकी सेनाकाे हिरासतमा
गएको नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो । तर, सेनाले यो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक आज बस्ने तयारी भएका बेला सेनाले नेत्री आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिएको हो । सेनाले यो बैठक स्थगित गर्न माग गर्दै आएको थियो ।

सेनाले आफूले सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको पुष्टि पनि गरेको छ । सैन्य ‘कू’पछि राजधानीलगायतका मुख्य सहरमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ भने राजधानीसहित धेरै ठाउँमा सेनाको उपस्थिति बाक्लो छ ।

 

फेसबुक प्रतिक्रियाहरु