बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • वागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित
समाचार

वागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

माघ १९,
काठमाण्डाै । वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आउँदो फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको छ । आज  (आइतबार) दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भएर स्थगित भएको थियो ।

आउँदो बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ ।

वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु