शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • चीनले नेपाललाई ३ लाख कोरोना विरुद्धको खोप अनुदानमा दिने
समाचार

चीनले नेपाललाई ३ लाख कोरोना विरुद्धको खोप अनुदानमा दिने

माघ १९

काठमाडौं । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । खोप अनुदानमा दिने र चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ दूतावासले जनाएको छ ।

चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । यो खोप करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी रहेकोे चिनियाँ दूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको चिनियाँ खोपले अन्य देशहरुबाट पनि मान्यता पाएको छ ।

फेसबुक प्रतिक्रियाहरु