शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै : रामेछापमा जित्जंग आउदै
समाचार

कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै : रामेछापमा जित्जंग आउदै

माघ १९,

रामेछाप । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत आज कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

राजधानी काठमाडौंमा दिउँसो १ बजे शान्तिवाटिकामा प्रदर्शन हुने छ । मध्याह्न १२ बजे त्रिचन्द्र क्याम्पसबाट जुलुस निकालेर शान्तिवाटीकामा विरोधसभामा परिणत हुने कांग्रेस काठमाडौंले जनाएको छ ।

यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । आन्दोलनका कार्यक्रमअनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् ।

यसैगरी फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

यता रामेछापमा हुने बिरोध कार्यक्रमलाई सम्बोधन गर्न तरुण दलका केन्द्रीय अध्यक्ष जित्जंग बस्नेत आउने भएका छन् । त्यसको लागि सबै तयारी पूरा भएको तरुण दल रामेछापले जनाएको छ ।

जिल्ला समन्य समितिको प्रांगणमा हुने बिरोधको कार्यक्रमलाई बस्नेतले सम्बोधन गर्ने नेपाल विद्यार्थी संघले जनाएको छ ।

May be an image of 7 people and text that says 'राष्ट्रियता! लोकतन्त्र समाजवाद जुटी संसद विधटनको असंवैधानिक कदम र भरष्ट ओली सरकारको विरुद्ुमा! उठों लोकतानित्रिक संविधान रक्षको पक्षमा! बृहत विरोध प्रदर्शन एवम् सभामा सहभागीताको लागी हार्दिक अनुरोध गर्दछी। जय नेपाल!! हार्दिक निमन्रणा प्रमुख अतिथि जित जग वस्नेत अघ्यक्ष नेपाल तरुण दल मिति: ২०७७ माघ १ गते, सोमबार मेला थापाचोक, मन्थली रामेछाप सभा स्थान: जिल्ला समन्वयन, रामेछाप समय: बिहान 90 00 बजे आयोजक: नेपाली कांग्रेस संबद्द सम्पूर्ण भात संस्था, रामेछाप'

फेसबुक प्रतिक्रियाहरु