शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछाप प्रहरीमा : पाठकको बिदाई, ढुंगानाको स्वागत
रामेछाप बिशेष

रामेछाप प्रहरीमा : पाठकको बिदाई, ढुंगानाको स्वागत

माघ ०९,

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा डीएसपी नवराज ढुंगानाले प्रवेश गरेका छन् । भने वसन्त पाठक बिदाई भएका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरीसहित विभिन्न संगसंघठनले पाठकलाई बिदाई तथा फेरी भेटौला कार्यक्रम गरि बिदाई गरेका छन् । पाठक एक वर्षको कार्यकालसकेर बिदाई भएका हुन् ।

बिदाई भएलगत्तै सामाजिक संजालबाट पाठकले जिल्लामा जिल्ला प्रहरी कार्यालय प्रमुखको रूपमा कार्यरत रहदा समग्र शन्त्तिसुरक्षा र अपराध नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्याउने प्रमुख जिल्ला अधिकारीलगायत जिल्ला सुरक्षा समितिका सम्पुर्ण सदस्यहरु, जिल्लामा कार्यरत सम्पुर्ण प्रहरी अधिकृत तथा जवानहरु, पत्रकार महासंघ जिल्ला समिति तथा सम्पुर्ण सन्चारकर्मीहरु, सम्पुर्ण राजनीतिक दल , स्थानीय सरकार तथा जनप्रतिनिधिहरु, उद्योग बाणिज्य संघलगाएत सम्पुर्ण संघ सस्थाहरुसहित रामेछाप वासीमा हार्दिक आभार प्रकट गरेका छन् । उनले सबैलाई स्मरण गरेका छन् ।

उनको रामेछापबाट राजधानीमै सरुवा भएको छ । उनी त्यहाँ कार्यरत रहने छन् ।

शुक्रबारैदेखि जिल्लामा नयाँ डिएसपी ढुंगानाले आफ्नो जिम्मेवारी सम्हालेका छन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रामेछापमा सरुवा भएर आएको बताइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयले स्वागत गरेको छ ।

No description available.May be an image of 15 people and people standing

May be an image of 5 people and people standing

May be an image of 10 people, people standing and tree

May be an image of 11 people and people standing

May be an image of 1 person and standing

May be an image of 5 people, people standing, sky and mountain

फोटो : बिदाई कार्यक्रम सम्बन्धित

फेसबुक प्रतिक्रियाहरु