माघ ०९,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्चड-नेपाल समुहले शुक्रबार बिशाल शक्ति प्रर्दशन गर्दै छ ।
संसद् बिघटनको बिरोध गर्दै आएको सो समुहले शुक्रबार (आज) बिशाल शक्ति प्रर्दशन गर्न लागेको हो । आज हुने प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने बताएको छ । आज हुने प्रर्दशनका संयोजक योगेश भट्टराईका अनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, शान्ति बाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसबाट जुलुस निस्कनेछ, जसको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गर्नेछन् ।
सबै जुलुस रत्नपार्कमा पुगेर मुल जुलुसमा सुरु हुनेछ, जसको नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरुे गर्नेछन् । यो जुलस रत्नपार्क, पुतिलीसडक, भद्रकाली हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।
फेसबुक प्रतिक्रियाहरु