माघ ०७,
रामेछाप । रामेछापको मन्थली नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको मन्थली नगर कमिटीको तेस्रो पुर्ण बैठक बसेको छ ।
बुधबार बसेको पूर्ण बैठकले नगरभित्रका १४ वटै वडामा आफ्नो कमिटीलाई पूर्णता दिने काम आगामी ११ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । नगर कमिटीका अध्यक्ष कृष्णहरी अधिकारीको नेतृत्वमा तत्काल काम अधि बढाउने निर्णय गरेको अनेरास्वियू जिल्ला कमिटी सचिवालयका सदस्य पुष्कर भट्टराईले जुनेली न्युजलाई जानकारी दिए ।
केन्द्रीय निर्देशनलाई कार्यन्वयनको पक्षमा लादै काम कमिटीलाई पूर्णता दिन थालेको उनले बताए ।
बैठकमा जिल्ला अध्यक्ष आनन्द श्रेष्ठसहित केन्द्रीय सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु