शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • निर्वाचन कार्यालय रामेछाप थाल्यो मतादाता नामावली सच्याउन (भिडियो)
रामेछाप बिशेष

निर्वाचन कार्यालय रामेछाप थाल्यो मतादाता नामावली सच्याउन (भिडियो)

माघ ०७,

रामेछाप । जिल्ला निर्वाचन आयोग रामेछापले  मतादाता नामावली अध्यावधिक (दाबी) विरोध समेत अन्तरक्रिया कार्यक्रम गरेको छ।

बुधबार जिल्ला समन्य समितिको सभा हलमा प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मासहित जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, बुद्धजिवी, पत्रकार, संचारकर्मीलगाएतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

निर्वाचन कार्यालयले गर्न लागेको आगामी योजना, कार्याविधि, भैरहेका काम, मतादाताहरुको त्रुटी सच्याउने समय तोकिएको लगाएतका जानकारी कार्यक्रम दिएको छ । छलफलकै क्रममा जिल्ला निर्वाचन अधिकृत शम्भु प्रसाद कटुवालले कार्यालयले काम सुरु गरेको र आगामी माघ १५ गतेदेखि वडा तहमा निर्वाचन लक्षित मतादातहरुको मतादाता परिचय पत्रमा केही त्रुटी भए सच्याउने काम सुरु गरिने बताए ।

प्रमुख जिल्ला अधिकारी शर्मासहित राजनीतिक दलका प्रमुखहरुले भने केन्द्रीय निर्वाचन कार्यालयले तय गरेको मतादान स्थलले मात्रै जिल्लाको भौगोलीक विकट्ताका कारण मतदानमा प्रभाव पर्ने गरेको भन्दै यसलाई पुःन बिचार गरी मिलाउन सक्ने ब्यवस्था गर्न जिल्ला निर्वाचनलाई अधिकारी दिने ब्यवस्था गर्नु पर्नेमा जोड् दिए । उनीहरुले त्यसको लागि पहल गर्न आयोगलाई ध्यानकर्षण गराए ।

 

फेसबुक प्रतिक्रियाहरु