आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ओली समूह मन्थली नगर कमिटीले थाल्यो १४ वटै वडामा कमिटी गठन
रामेछाप बिशेष

ओली समूह मन्थली नगर कमिटीले थाल्यो १४ वटै वडामा कमिटी गठन

माघ ०७,

रामेछाप ।  रामेछापको मन्थली नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको मन्थली नगर कमिटीको तेस्रो पुर्ण बैठक बसेको छ ।

बुधबार बसेको पूर्ण बैठकले नगरभित्रका १४ वटै वडामा आफ्नो कमिटीलाई पूर्णता दिने काम आगामी ११ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । नगर कमिटीका  अध्यक्ष कृष्णहरी अधिकारीको नेतृत्वमा तत्काल काम अधि बढाउने निर्णय गरेको अनेरास्वियू जिल्ला कमिटी सचिवालयका सदस्य पुष्कर भट्टराईले जुनेली न्युजलाई जानकारी दिए ।

केन्द्रीय निर्देशनलाई कार्यन्वयनको पक्षमा लादै काम कमिटीलाई पूर्णता दिन थालेको उनले बताए ।

बैठकमा जिल्ला अध्यक्ष आनन्द श्रेष्ठसहित केन्द्रीय सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु