 
            पुष २९,
काठमाडौं । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटरसहित दुई जनालाई अख्तियारले सेवाग्राहीसंग घुष रकम लिदै गर्दा रंगेहात पक्राउ गरेको छ । कम्प्युटर अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका संचालक सन्तोष थापा मगर रू. ४३ हजार नगदसहित रंगेहात बुधबार पक्राउ परेका हुन् ।
ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिए बापत रु ४३ हजार (त्रिचालिस हजार) अतिरिक्त रकम दिदै लिदैको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले दुबै जनालाई बालाजु स्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु