शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तत्कालीन प्रमुख घिमिरेसहित तीन जना विरुद्ध ४ लाख १२ हजारभन्दा बढी भ्रष्टचारको मुद्दा दायर
दुर्घटना/अपराध

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तत्कालीन प्रमुख घिमिरेसहित तीन जना विरुद्ध ४ लाख १२ हजारभन्दा बढी भ्रष्टचारको मुद्दा दायर

पुष २९,

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसहित तीन जना विरुद्ध भ्रष्टचारको मुद्दा दाय गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन), चितवनका कार्यालय प्रमुख सोमनाथ घिमिरे र जोन सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी गिरीसमेतले कतिपय योजनामा बिल पेश गरेर मात्रै कामै नगरी किर्ते गरि रकम हिनामिना गरेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए । त्यस्तै उनीहरुले पदको दुरुपयोग गरी आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरी हिनामिना गरेको र परियोजना कार्यान्वयन ईकाई, तरकारी जोन, पार्वतीपुर, चितवनबाट प्राविधिक शिक्षालयका नाममा प्राप्‍त हुने रकम लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको खातामा जानुपर्ने व्यवस्था रहेकोमा सो नगरी सिधै नारायणी एग्रो कम्पनीको नाममा भुक्तानी दिई भ्रष्‍टाचार गरेको खुलेको अख्तियारले जनाएको छ ।

अधिकृत सोमनाथ घिमिरेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, तरकारी जोन, पार्वतीपुर, चितवनबाट आर्थिक वर्ष २०७३/०७४ को प्राविधिक शिक्षालयका नाममा प्राप्‍त हुने पर्ने रु ५ लाख रकमले लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको हाताभित्र निर्माण गर्नुपर्ने आधुनिक नर्सरी घर निर्माण सम्झौता अनुसार नगरी ५ लाख मध्ये रु.८७ हजार ५ सय रुपैया २५.६३ को मात्र काम गरी बाँकी रकमको झुठा विल भरपाईको आधारमा भुक्तानी समेत दिई रु ४ लाख १२ हजार ४ सय ७४.३७ (चार लाख बाह्र हजार चार सय चौरहत्तर रूपैयाँ सैतिस पैसा) सरकारी रकम हानि नोक्सानी गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

त्यसैगरी नारायणी एग्रो कम्पनी, जगतपुर, चितवनका मेनेजिंग डाईरेक्टर बालिका कुमारी गिरीले उक्त परियोजनाको रकम नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै नगरी रु.५ लाख रकम मध्ये रु.८७ हजार ५ सय २५.६३ को मात्र काम गरी/गराई बाँकी रकमको झुठा विल भरपाई पेश गरी भुक्तानीसमेत लिई रु.४ लाख १२ हजार ४ सय ७४.३७ (चार लाख बाह्र हजार चार सय चौरहत्तर रूपैयाँ सैतिस पैसा) सरकारी रकम विद्यालयलाई हानी पुर्‍याएको पुष्टि भएको अख्तियारले जनाएको च । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो असुलउपर र कैद जरिवानाको मागदाबी लिइएको छ ।

साथै नारायणी एग्रो कम्पनी, जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ भुसालले उक्त परियोजनाको प्राविधिक शिक्षालयको नाममा प्राप्त हुने रकम विद्यालयका प्रधानाध्यापक नभएको समयमा निमित्त प्रधानाध्यापकलाई दवाव दिई आफ्नै शेयर रहेको नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै नगरी रु.५ लाख रकममध्ये रु.८७ हजार ५ सय २५.६३ को मात्र काम गरी/गराई बाँकी रकमको झुठा विल भरपाई पेश गरी भुक्तानीसमेत लिई रु.४ लाख १२ हजार ४ सय ७४.३७ (चार लाख बाह्र हजार चार सय चौरहत्तर रूपैयाँ सैतिस पैसा) सरकारी रकम विद्यालयलाई हानी पुर्‍याएको अख्तियारले जनाएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुरमा ऐ. ऐनको दफा २२ बमोजिम बिगो असुलउपर र कैद जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु