मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • सोमपाल कामी, करण केसी र कुशल मल्लले टी–१० लिग खेल्ने
समाचार

सोमपाल कामी, करण केसी र कुशल मल्लले टी–१० लिग खेल्ने

पुष ०९

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र बलरद्वय सोमपाल कामी र करण केसीसहित युवा अलराउन्डर कुशल मल्लले युएईमा आयोजना हुने टी–१० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

हिजो युएईमा भएको ‘ड्राफ्ट’मा सोमपाललाई मराठा अरेवियन्सले अनुबन्ध गरेको छ। मराठा गत सिजनको उपाधि विजेता टोली हो। करण केसीले भने पुने डेभिल्सबाट खेल्नेछन्। कुशललाई टिम आवुधावीले रोजेको छ।

टी–१० लिगमा सन्दिप लामिछाने र पारस खड्काले अघिल्ला वर्षहरुमा खेलिसकेका छन्। पछिल्लो सिजन आबुधावीबाट खेलेका पारस यस सिजनका लागि त्यही टिमको इमर्जिङ प्लेयर मेन्टरको भूमिकामा रहनेछन्।

Image may contain: 1 person, playing a sport and outdoor, text that says 'NIPAL'Image may contain: one or more people, people playing sports and outdoor

फेसबुक प्रतिक्रियाहरु