बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • प्रचण्ड बने संसदीय दलको नेता
समाचार

प्रचण्ड बने संसदीय दलको नेता

पुष ०९,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । बुधबार बसेको प्रचण्ड -नेपाल समूहको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरे ।

प्रचण्ड–माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु