बुधबार, अशोज २, २०८१
  • होमपेज
  • डा. गोविन्द केसी उखु किसानको आन्दोलनको समर्थनमा आज माइतीघरमा जाने
समाचार

डा. गोविन्द केसी उखु किसानको आन्दोलनको समर्थनमा आज माइतीघरमा जाने

पुष ०४,

काठमाडौं । शनिबार चिकित्सा शिक्षा क्षेत्रका अभियान्ता डा. गोविन्दा केसी काठमाडौंमा ६ दिनदेखि आन्दोलन गरिरहेका कृषकहरुको आन्दोलनमा ऐकेबद्धता जनाउन माइतीघर मण्डला जाने भएका छन् ।

डा. केसी मध्यान्न मइतीघर जाने बताइएको छ ।

उखु बिक्री गरेको पैसा नपाएको, सरकारले दिएको अनुदान उद्योगले खाएको र २०७१ सालदेखिको बक्यौता नउठेको भन्दै उखु किसान ६ दिनदेखि आन्दोलन गरिरहेका छन ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि शुक्रबार माइतीघर मण्डला पुगेर उखु किसानमा मागप्रति ऐक्यबद्धता जनाएका थिए। कांग्रेस र साझा पार्टीले यसअघिनै ऐकेबद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु