शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • म एउटा मिडियालाई काँधमा बोकेर हिड्ने मेयर हैन : नगरप्रमुख बस्नेत
रामेछाप बिशेष

म एउटा मिडियालाई काँधमा बोकेर हिड्ने मेयर हैन : नगरप्रमुख बस्नेत

मंसिर २९,

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले संचारमाध्यहरुले समान्ताका साथ सूचनाहरको आदान प्रदान गर्नु पर्ने बताएका छन् । पत्रकार आचासंहिता र कोभिड- १९ ले मिडियामा पारेको प्रभा विषयमा अन्तरक्रिय कार्यक्रमलाई मन्थलीमा सम्बोधन गर्दै सोमबार नगरप्रमुख बस्नेतले सबै संचारमाध्यम समानुपातिक बन्नु पर्नेमा जोड्दिए ।

उनले आफूले आजको दिनसम्मा कुनै पनि मिडियाहरुलाई बेग्लाबेग्लै नजरले नहेरेको तर्क गर्दै आगामी दिनमा सबै संचारमाध्यमहरुले समान्ताको लागि जनताको आवाज बोल्नु पर्ने बताए । उनले सबै मिडियालाई समान्तको दृष्टिले हेरेको समेत बताएका छन् ।

उनले भने- अहिले जिल्लाका कुनै कुनै नगपालिका र गाउँपालिकाले एकाध मिडियाहरुलाई काँध्मा हालेर हिडेका छन् । त्यसैले उनीहरुको लागि चर्चा विकास धेरै भयो भनेर भनेको भन्यई गर्छन् । म कुनै मिडियालाई त्यस्तो गरेको छैन् । त्यसैले नगरपालिकाले राम्रो काम गरेको मिडियाहरुले देखेका छैन् ।

त्यस्तै उनले अहिलेको पत्रकारितालाई थप मर्यादित बनाउनुपर्ने बताए । उनले पत्रकारीता आचारसंहिताको पूर्ण कार्यान्वयन गरेर पत्रकारहरुले सकरात्मक सोचका साथ पत्रकारिता गर्नुपर्ने बताउदै मर्यादित, सम्बेदनशिल, सत्य, तथ्य र निष्पक्ष बन्न सक्नुपर्ने बताए ।

नगरप्रमुख बस्नेतले नगरपालिका भित्र सञ्चालन भएका सञ्चारमाध्ययमको संरक्षण र त्यसमा कार्यरत पत्रकारहरुको हक हितका लागि मन्थली नगरपालिकाले काम गरिरहेको दाबी गर्दै आगामी दिनमा पनि थप प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाए । पत्रकारहरुको लागि नगरपालिकाले २० लाख बराबरको अक्षय कोष खडा गर्न तयारी भैरहेको प्रमुख बस्नेतले यसअघिनै प्रतिवद्धता जनाइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु