शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कम्युनिष्टले फेरी चुनाव जिते बोल्न पाइँदैन : देउवा
समाचार

कम्युनिष्टले फेरी चुनाव जिते बोल्न पाइँदैन : देउवा

हेटौंडा । नेपाली कांग्रेस सभापति तथा पुर्वप्रधानमन्त्रि शेरबहादुर देउवाले नेकपाको सरकार बनेपछि बलात्कार बढेको बताए । बागमती प्रदेशको राजधानी हेटौंडा आयोजित सरकारबिरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा सरकारले बलात्कारमा संलग्नहरुलाई कारवाही गर्नुको साटो सरकारले नै संरक्षण गरेको सभापति देउवाले आरोप लगाएका छन् ।

‘कञ्चनपुरकी बालिकाको बलात्कार गर्नेलाई पक्राउ गरेको छैन । पार्टीको संलग्नता छैन भने किन वलात्कारीलाई यो सरकारले पक्रेन ?’ देउवाले प्रश्न गरे । उनले आफुले चुनावताका कम्युनिस्टले जिते रुन पनि नपाइने भनेको प्रसंग कोट्याउदै अहिले त्यसवेलाको भनाई प्रमाणित भएको दावी गरे ।
अहिलेको नेकपा सरकारले नेपाली जनताको हास्ने, बोल्ने, बिरोध गर्ने अधिकार समेत खोसेको उनको आरोप छ । उनले भने–“कम्युनिस्टले जित्यो भने बोल्न पाइँदैन भनेर मैले भनेको थिएँ, अहिले रूनेलाई समेत जेल हाल्दैछन्”। त्यसैले लोकतन्त्रको रक्षाका निम्ती कांग्रेसले देशभरसरकार बिरुद्ध प्रदर्शन गरेको स्प्रष्ट परे ।

कम्युनिस्ट सरकार र प्रधानमन्त्री केपी ओलीको रवैयाका कारण सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागेको समेत बताए । अहिले राजा आउ देश बचाउ भन्दै सडकमा हिँडेको पनि कम्युनिस्ट सरकार र ओलीकै कारण भएको देउवाको भनाई छ । उनले कम्युनिस्टहरुले एकदलीय सर्वसत्तावादी शासन लागू गरेको भन्दै कोरोनाको औषधी उपचार गर्नुपर्ने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

फेसबुक प्रतिक्रियाहरु