बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पत्रकारले सरकारलाई सही मार्गमा ल्याउने गरी कलम चलाउन सक्नु पर्छ- प्रमुख खड्का
रामेछाप बिशेष

पत्रकारले सरकारलाई सही मार्गमा ल्याउने गरी कलम चलाउन सक्नु पर्छ- प्रमुख खड्का

मंसिर २९,

रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले अहिलेको पत्रकारीताले देश निर्माणमा सहयोग गर्नु पर्ने बताएका छन् । सोमबार पत्रकार आचासंहिता र कोभिड- १९ ले मिडियामा पारेको प्रभा विषयमा अन्तरक्रिय कार्यक्रमलाई मन्थलीमा सम्बोधन गर्दै खड्काले विकास निर्माण र सरकारलाई सहिमार्गमा लैजाने तरिकाले कलम चलाउनु पर्नेमा जोड्दिए ।

उनले भने अहिले पत्रकारीता अली अराजकता तिर गएको होकी भन्न भैरको छ, त्यसैले त्यता तीरभन्दा पनि पत्रकारहरुको कलमले देश निर्माणमा सहयोग् पुग्ने गरी कलम चलाउनु आजको आवश्कता देखिन्छ, सरकारलाई मार्ग निर्देश गर्ने गरी कलम चलाउनु पर्ने देखिन्छ ।

मुलुकमा भएका हरेक परिवर्तनमा पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै पत्रकारिता क्षेत्रमा भएको प्रविधिको विकासलाई सहिसदुपयोग गर्नुपर्नेमा जोड्दिइ । उनले गलत कलमले कसैको जिवन सिधिने र राम्रो कलमले जीवन बन्निने भएकाले सत्यको पक्षमा रहेना सबै पत्रकारहरुलाई आग्रह गरे।

फेसबुक प्रतिक्रियाहरु