मंसिर २९,
काठमाण्डाै । जर्मनीमा पर्सिदेखि लकडाउन गरिने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएकाले क्रिसमसको समयमा जर्मनीमा लकडाउन हुन लागेको हो । पर्सि बुधबारदेखि अत्यावश्यकबाहेकका पसल तथा स्कुल कलेज बन्द हुने भएका छन् । लकडाउन जनवरी १० सम्म लागू हुने बीबीसीको खबरमा उल्लेख छ ।
त्यहाँका १६ राज्यमा सम्बन्धित निकायसँगको छलफलपछि चान्सलर एञ्जेला मर्केलले लकडाउनको घोषणा गर्नुभएको हो । लकडाउनको समयमा अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन् । क्रिसमसको ट्रि बेच्ने पसल पनि खुला रहने खबरमा उल्लेख छ ।
जर्मनीमा अहिलेसम्म १३ लाख ३८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भैसकेको छ । त्यहाँ २२ हजार ४ सय सङ्क्रमितको ज्यान गएको छ भने सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ९ सय निको भएको वल्ड्रोमिटरकाे तथ्याङ्क छ ।
फेसबुक प्रतिक्रियाहरु