आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोटको प्रक्रिया सार्वजनिक
समाचार

१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोटको प्रक्रिया सार्वजनिक

मंसिर २९,
काठमाण्डाै।  सन् २०२२ मा वेष्ट इन्डिजमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले छनोटको प्रक्रिया सार्वजनिक गरेको छ ।

जसमा नेपालले विश्वकपमा स्थान बनाउन एसिया छनोट पार गर्नुपर्ने भएको छ । आईसीसीले सार्वजनिक गरेको छनोट प्रक्रियाअनुसार नेपालले यूएईमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्ने भएको छ । छनोट प्रतियोगितामा नेपाल च्याम्पियन भए विश्वकपमा स्थान बनाउनेछ ।

सन् २०२१ मा हुने छनोट प्रतियोगिताका लागि नेपालले सोझै एसिया छनोटमा स्थान बनाएको छ । नेपालसँगै यूएई र मलेसियाले पनि सोझै एसिया छनोटमा पुगेका छन् । बाँकी दुई टिम रिजनल छनोटबाट आउने छन् । जसमा भुटान, हङकङ, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर र थाइल्याण्ड खेल्ने भएका छन् ।

रिजनल छनोटबाट शीर्ष दुईमा स्थान बनाउने टिमले एसिया छनोट खेल्नेछन् । जसमा नेपालसहित पाँच टिमको सहभागिता रहनेछ। छनोट प्रतियोगिता कहिले हुन्छ भनेर मिति तोक्न बाँकी छ ।

 

फेसबुक प्रतिक्रियाहरु