मंसिर २५,
रामेछाप । रामेछापको मन्थली नगरपालिकाका थप ४ जनामा कोरोना पुष्टि भएको छ ।
गत २३ गते परीक्षणको लागि पठाइएको ९ जनाको स्वाबमा ४ जनाको पोजेटिभ आएको जिल्ला अस्पताल रामेछापले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पोजेटिभ हुनेमा नगरपालिकाको वडा नं १ का ४१ र ३४ वर्षीय पुरुषमा रहेका छन । त्यस्तै वडा नं १ कि ३२ वर्षीय र वडा नं ५ कि ३० वर्षीय महिलाहरु रहेका छन् ।
बिहिबार एक जना संक्रमित उपचारपछि निको भएर घरफर्किएका छन् ।
बिहिबारसम्ममा २ हजार २ सय जनाको रिपोर्ट नेगेटिभ आएको विज्ञप्तिमा उल्लेख छ । १८ जनाको स्वाब रिपोर्ट आउन बाँकि रहेको उल्लेख छ । त्यस्तै बिहिबार सम्म २ हजार ४ सय २० जनाको कोरोना परिक्षण गरिएको छ । बिहिबार १८ जनाको स्वाब संकलन गरिएको छ ।
रामेछाप जिल्लाबाट पठाएको स्वाबमा हालसम्मा २०२ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ ।
त्यस्तै रामेछाप जिल्ला घर भई रोजगारीको लागि विभिन्न जिल्लामा वसोबास गर्दै आएका ८५ जना महिला सहित २ सय ८७ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
योसहित जिल्लामा कोरोना संक्रमिको संख्या ४ सय ८९ जना पुगेको छ ।
प्रेस विज्ञप्ति
फेसबुक प्रतिक्रियाहरु