मंसिर २४,
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा ढुङ्गाले किच्दा एक जनाको ज्यान गएको छ ।
वडा नं १ दुरागाउँका १७ वर्षीय किशोर जोशिला सुनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनी दाउरा खोज्न जंगल गएका बेला दाउरा तान्त खोज्दा ढुङ्गाले किचेको थियो ।
मृतकको शव पोष्टमार्टमको लागि सदरमुकाम मन्थली ल्याईएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रिशंखर श्रेष्ठले बताए ।
फेसबुक प्रतिक्रियाहरु