आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • मन्थलीमा दुर्गानारायन श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय रामेछाप सांस्कृतिक कलाकार समाज गठन
रामेछाप बिशेष

मन्थलीमा दुर्गानारायन श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय रामेछाप सांस्कृतिक कलाकार समाज गठन

मंसिर २४,

रामेछाप । रामेछाप सांस्कृतिक कलाकार समाजले रामेछापको मन्थली नगरपालिकामा नगरस्तरिय समिति गठन गरिएको छ ।  बुधबार नरपालिकाको कार्यालयमा भएको एक भेलाले समिति गठन गरेको हो । समाजले वरिष्ठ कलाकार दुर्गानारायन श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

त्यस्तै महिला उपाध्यक्षमा इश्वरी बस्नेत, सचिबमा नवराज श्रेष्ठ, कोषाध्यक्षमा भाबना कार्की, सहसचिवमा रामबिपि मगर, सदस्यमा अनिता थापामगर, सिर्जना रोका, भद्रमाया पुलामी, निकिता चौहान, सुरुची मगर, दिक्क्षा महत, शमशेर लामा, सन्तोष बस्नेत, चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रमेशकुमार बस्नेतले कलाकारको हकहितको लागि सदैब सहयोग गर्न नगरपालिका तयार रहेको बताए । उनले कलाकारहरुको लागि आफ्नो नगरपालिकाले १५ लाख बराबरको अक्षयकोषको समेत खडा गरेको जनाकारी दिए ।

त्यस्तै संस्थापक अध्यक्ष अम्रित सुनुवारले अबको दिनमा संस्था आर्थिक समृद्धिको परिकल्पना सहित अगाडि बढेको बताए ।

फेसबुक प्रतिक्रियाहरु