शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • रामेछापका द्वन्द्वपीडितका परिवारले भने सरकारले घाउमा मलम लगाउने काम गरेन
रामेछाप बिशेष

रामेछापका द्वन्द्वपीडितका परिवारले भने सरकारले घाउमा मलम लगाउने काम गरेन

मंसिर २४,

रामेछाप । रामेछाप जिल्लाका द्वन्द्वपीडितका परिवारले  सरकारले आफूहरुको घाउमा मलम लाउन नसकेको बताएका छन् । तत्काल आफूहरुको पक्षमा सरकारले द्वन्द्वपीडित परिवारलाई चिनिने गरि काम गर्नु पर्ने चेतावनी दिएका छन् ।

बुधबार सदरमुकाम समेत रहेको मन्थलीमा सक्रमणकालीन न्यायमा द्वन्द्वपीडितकाे न्यायिक अवस्था र राज्यको जवाफदेहीता विषयमा छलफल तथा अन्तरक्रिया कार्याक्रम गरी पीडित परिवारले आफूहरुलाई राज्यले ब्यवस्था गरेको गुनासो गरेका छन् । आफ्ना परिवारका सदस्यको मृत्यु भएको, बेपत्ता पारिएको, आसाहय बनेको, रोगी राज्यकै तत्कालिन कारणले भएको बताउदै तीनै परिवारलाई अहिलेको सरकाले चिन्ने र गर्व गर्न लाएक कुनै काम नगरेको गुनासो गरेका छन् ।

आफ्न परिवारका बुबा, दाजुभाई, बहिनी, छोरी, छोरा, आमा, भाई, नातासम्बन्धका मानिसहरु तत्कालिन समयमा गुमाएपनि उनिहरुको सम्झनामा अहिलेको वर्तमान सरकारले कुनै पनि काम नगरेको पीडिहरुको भनाई रहेको छ । राज्यबाट विभिन्न संघसंगठन गठन गरेको भनेर पीडितहरुलाई आश्वस्थ पर्ने काम विभिन्न समयमा भएपनि पीडितको पक्षमा कुनै काम नभएको गुनासो गरेका हुन् ।

उनीहरुले तत्काल कोरोना भाइरस संक्रमणले पारेको यो अवस्थामा समेत राज्यले आफूहरुलाई कुनै क्षेतिपूर्तीको पक्षमा काम नगरेको बताए । आफूहरुलाई राज्यले भिखारीको रुपमा आश्वसन मात्रै बाँड्ने र आफूहरुलाई भुलाउने काम गरेको जिकिर गरे ।

राज्यले तत्काल द्वन्दकालीन समयमा पीडित भएका परिवारका सबैलाई रोजगारी दिनु पर्ने, पीडित परिवारका बालबालिकाहरुलाई निशुल्क पठनपाठनको ब्यवस्था गरिदिनु पर्ने, पीडिहरुलाई पहिचानको लागि भुकम्प पडितहरुको रातो कार्ड जस्तो कुनैन कुनै सार्वजनिक ठाउँमै पहिचान हुने परिचय पत्रको व्यवस्था गर्नु पर्ने लताएतका माग राखेका छन् । बेपत्ताहरुको खोजी कार्यालाई तिवृताको साथ गरिदिनु पर्ने समेत बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु