सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • चनखुमा वडा कार्यालय भवन नगरप्रमुख बस्नेतद्वरा उद्घाटन
रामेछाप बिशेष

चनखुमा वडा कार्यालय भवन नगरप्रमुख बस्नेतद्वरा उद्घाटन

मंसिर २४,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगरपालिका भित्रका १४ वटै वडा कार्यालयहरु चाडै पक्की भवनबाट सेवा प्रवाह हुने बताएका छन् ।

मंगलबार वडा नं-१० चनखुमा नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भवन मात्र बनेर नहुने भन्दै भवनबाट सेवा पनि गुणस्तरिय प्रभाह गर्नु पर्नेमा जोड्दिए । नगरप्रमुख बस्नेतले पानस्मा बत्ति, ताम्रापत्र र ब्यान खोलेस भवन उद्घाटन गरेका थिए ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल नगरपालिकाले विगमा पनि अर्थिक क्षेत्रमा सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गत आर्थिक वर्ष २०७६ साउन ४ गते नौलो सफल बिहानी निर्माण सेवा प्रा.लिले १ करोड १० लाख १६ हजार ६ सय २० रुपयाँ ६० पौसामा निर्माण गरेको दुई तले पक्की भवन संचालनमा आएसंगै सेवामा सहजता भएको वडा अध्यक्ष भरतकुमार बोहोराले बताए ।

नवनिर्मित भवन संचालनमा आएसंगै वडा बासीमा समेत खुसीयाली छाएको मन्थली नगरपालिकाका इन्जिनियर होम खड्काले जुनेली न्युजलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु